🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानगरमा बन्यो होर्डिङ्ग बोर्ड काण्ड छानविन समिति 

काठमाडौं, असार २१ गते । सर्बोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाका घुस्याहा हाकिमहरुले घुस खाएर २८ स्थानमा होर्डिङ्ग बोर्ड राख्ने स्वीकृति दिंदा आधा करोड रकम घुस असुलेको स्रोतको दावी छ । प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की, नगर प्रहरी प्रमुख(डीएसपी) विष्णुप्रसाद जोशीको समेत मिलेमतोमा २८ वटा होर्डिङ्ग बोर्ड राख्ने स्वीकृति दिएको समाचार २०७५ असार ११ गते साँघु साप्ताहिकले ‘‘सर्बोच्चको आदेश विपरीत महानगरमा होर्डिङ्ग बोर्ड’’ शिर्षकमा समाचार प्रकाशित भएपछि काठमाडौं महानगरपालिकाभित्र हंगामा मच्चिएको खबर छ ।

काठमाडौं शहरको सुन्दरता बिगार्ने, वातावरणीय प्रदुषण र कतिपय अवस्थामा दुर्घटनाको माध्यम समेत होर्डिङ्ग बोर्ड हुने भएकाले सर्बोच्च अदालतले महानगरमा होर्डिङ्ग बोर्ड राख्न रोक्दारोक्दै घुस लिने÷दिने गरेर महानगरमा होर्डिङ्ग बोर्ड राख्न स्वीकृति दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै यो विषयमा अनुसन्धान र छानविन गर्नेपर्ने माग काठमाडौं महानगरपालिकाकै कर्मचारीहरुले उठाएका छन् । 

साँघुमा सो समाचार प्रकाशित भएपछि प्रशासन महाशाखा प्रमुख गणेश थपलियाको संयोजकत्वमा सरस्वती पोख्रेल र रमेश घिमिरे सम्मिलित होर्डिङ्ग बोर्ड राख्ने स्वीकृति दिएका विषयमा छानविन समिति बनाएको छ । महानगरको कर्मचारी स्रोतका अनुसार, यो तीन सदस्यीय छानविन समितिलाई विषय बस्तुको ज्ञान भएको स्रोतको दावी छ ।

संयोजक गणेश थपलियालगायत तीन सदस्यीय छानविन समितिका ब्यक्तिहरु होर्डिङ्ग बोर्ड सम्बन्धी ज्ञाता नभएको र त्यस सम्बन्धी जानकारी शून्य भएका ब्यक्तिहरु चयन गरेर सहसचिव राजेश्वर ज्ञवालीले हतार हतार तीन सदस्यीय छानविन समिति बनाउनुको पछाडि पनि भ्रष्टाचारीहरुको चतु¥याँइ त छैन भन्ने प्रश्न खडा भएको छ ।   

निम्न स्थानहरुमा होर्डिङ्ग बोर्ड राख्न स्वीकृति दिइएको तथ्य –साँघुले फेला पारेको छ–बालकुमारी, कालिमाटी, सुन्धारामा २ वटा, 
एयरपोर्ट, माइती घरमा ३ वटा, मिनभवन, रंगशालामा २ वटा, बल्खु, कमलादी, महाराजगंज, बालाजु माछापोखरी, बिजुली बजार पुल, थापाथली, गोंगबु, कलंकी चौक २ वटा, कालीमाटी, दरवारमार्ग, कमलादी मोड, पद्मोदय मोड, सामसुङ प्लाजा(डिल्ली बजार), सोल्टी मोड, सोह्रखुट्टे, तिलगंगा रहेका छन् । 

२८ स्थानमा काठमाडौं महानगरपालिकाका घुस्याहाहरुले होर्डिङ्ग बोर्ड राख्न स्वीकृति दिएका छन् भने १० स्थानमा स्टीकरका लागि स्वीकृति दिएको तथ्य साँघुले फेला पारेको छ । स्टीकर राख्न स्वीकृति दिएका स्थानहरुमा कालिमाटी, बानेश्वरमा २ वटा, तीन कुने, कलंकी, त्रिपुरेश्वर, टेकु चौक, विश्वज्योति, थापाथली, गौशाला र महाराजगञ्ज रहेका छन् ।