🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

काठमाडौं ।  नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

    “आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु” उहाँले भन्नुभयो । सांसद बर्ताैलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गर्नुभयो ।

    बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गैरकानुनी रुपमा नागरिकको रुजु विवरण ठेक्का खारेज गर्ने सरकारको निर्णयको स्वागत गर्नुभयो । उहाँले यसवर्ष समयमै पाठ्यपुस्तक सबै विद्यालयमा पु¥याउन सकेकोप्रति सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो । उहाँले स्वदेशमै युरिया मल उत्पादन गर्नका लागि तत्काल योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै युरिया मल कारखाना छिट्टो भन्दा छिट्टो सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा समावेश गर्न आग्रह समेत गर्नुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद् बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लामो समयसम्म प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नदेखिनुभएको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ गरिरकेको सम्बन्धमा सभामुखमार्फत ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र रासायनिक मल आपूर्तिमा भएको फरक निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।

    नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उल्लेख गर्दै आयोजना तत्काल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।