आशा लाग्दा मन्त्री किराँती कता–कता फस्दै ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पाइला टेकेपछि निकै आकर्षक काम, कुरा गरेर मन्त्री सुदन किराँतीले धेरैलाई प्रभावित बनाएका थिए । पर्यटन मन्त्रालय अन्तर्गतका भ्रष्ट निकाय, समितिहरुका पदाधिकारीलाई ¥याख¥याख्ती पारेका मन्त्री किराँतीले पर्यटन र उड्डयन क्षेत्रका विकृतिविरुद्ध निर्मम हुने अनुमान थियो । पछिल्ला दिनका गतिविधि निर्णय हेर्दा चाहिँ मन्त्री किराँती आफ्नो निर्णयमा चल्दैछन् कि छैनन् ? भन्ने प्रश्न उठेको छ । पर्यटन, संस्कृति र उड्डयन क्षेत्रको सुधारका लागि गठन भएका विभिन्न समितिमा राखिएका मान्छेको चरित्र र अनुहार हेर्दा नै मन्त्री किराँतीले अडान छोडेको देखिन्छ । नेपाल वायुसेवा निगमको सुधारका लागि मन्त्री किराँतीले पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा सुझाव कमिटी गठन गरेका छन् ।
उक्त कमिटीलाई २ महिनाको समय दिएको बताएको छ । यो निगम सुधारका लागि गठन भएको सातौं कमिटी हो । मन्त्री किराँतीले चाहेको भए विगतका कमिटीको राम्रा राम्रा सुझावहरुलाई छानेर तत्कालै कार्यान्वयन गर्न सक्थे । अहिले फेरि राज्यमाथि भार किन थप्नु परेको हो ? भन्ने प्रश्न उठेको छ । त्योभन्दा पनि कमिटीमा रहेका सदस्यहरुको नामप्रति प्रश्न उठेको छ । अर्थशास्त्रको क्षेत्रमा नाम कमाएका क्षेत्रीको विषयमा प्रश्न नउठेपछि समितिमा रहेका ओम गुरुङ र साहारा न्यौपानेलगायतको नाममा प्रश्न उठेको छ ।
उनीहरु उड्डयन क्षेत्रको ज्ञान नभएका व्यक्ति भएको बताइएको छ । न्यौपानेका श्रीमान् भने पहिला नेपाल वायुसेवा निगममा जागिरे थिए । उनीसँग निगमको साइनो त्यत्ति नै हो । पर्यटनमन्त्री प्रेम आले भएको बेलामा न्यौपानेले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षका लागि झलनाथ खनालमार्फत निकै प्रयास गरेकी थिइन् । तर, उनको शैक्षिक योग्यता नपुग्ने भन्दै रोकिएको थियो । अहिले तिनै न्यौपानेलाई सुझाव कमिटीमा राखेका छन् । हुन त, एसका नेता खनालनिकट न्यौपानेलाई सुझाव कमिटीमा राखेर खनाल निकट नै कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने रणनीति मन्त्री किराँतीले लिएको पनि चर्चा गरिन्छ । तर, उड्डयन क्षेत्रका सामान्य ज्ञान नभएका व्यक्तिको सुझाव कमिटी बनाएपछि उक्त कमिटीमाथि सुरुमै प्रश्न उठ्यो ।
मन्त्री किराँतीले बनाएको अरु कमिटीको हालत पनि त्यस्तै छ । मन्त्रीभन्दा सचिव सुरेश अधिकारी हावी आएपछि ती कमिटीहरुमा विज्ञभन्दा कार्यकर्ता र सचिवका आफन्तहरु नियुक्त भइरहेका छन् । रैथाने विश्वविद्यालय बनाउने जिम्मा पूर्वसचिव मान बहादुर विकेलाई दिएका छन् । उनको नेतृत्वमा संभाव्यता अध्ययन गर्ने कमिटी बनेको छ र पर्यटन विश्वविद्यालयको संभाव्यता अध्ययनका लागि सचिव सुरेश अधिकिारी आफैले नेतृत्व गरेका छन् । विश्वविद्यालयका प्राज्ञिक व्यक्तिले नेतृत्व गरेका कमिटी बनाउनपर्नेमा कर्मचारीको हातमा विश्वविद्यालयको संभाव्यता अध्ययन गर्ने कमिटी बनाएर झारा टार्ने काम गरेका चर्चा छ ।
विश्वविद्यालयजस्तो कुरालाई मन्त्रालयको विभाग र महाशाखाजस्तो ठानेर मन्त्री किराँतीले कर्मचारीको नेतृत्वमा कमिटी बनाउन राजी भएको टिप्पणी हुन थालेको हो । त्यसो त, लुम्बिनी विकास कोषका एक पदाधिकारीको कार्यकाल नसकिँदै सचिव अधिकारीले कार्यकाल थप गरिदिएका छन् । मन्त्रीले पत्तो नपाई दुई महिना पहिला कार्यकाल थपिएको भन्दै मन्त्रालयमा अहिले चर्चा हुन थालेको छ । कोष अन्तर्गत सांसद धनबहादुर बुढाको ठेक्कामा एक अर्ब बराबरको काम भइरहेको छ । त्यहीबाट प्रभावित भएर सचिवले निर्णय लिएको चर्चा मन्त्रालयमा भइरहेको छ । त्यतिमात्र होइन, हिन्दु विश्वविद्यालयको संभाव्यता अध्ययन कमिटीमा पनि सदस्यसचिव नै विवादित पृष्ठभूमिका रहेका छन् ।
मन्त्री किराँतीले कमिटी बनाउने र भाषण गर्ने बाहेक ३ महिनामा परिणाम देखिने गरी काम गर्न नसकेको पनि टिप्पणी हुन थालिसकेको छ । तीनसय अठहत्तर (३७८) दिनपछि २०८० वैशाख १७ गते अवकास हुने सचिव अधिकारी मन्त्रालय अन्तरगतको सर्भिसडेलीभरमा भन्दा पनि आफ्न्तलाई सेट गर्ने खेलमा लागेको चर्चा मन्त्रालयमा हुँदा पनि मन्त्री किराँतीले भने सचिवलाई सम्मान नै गरेर फुक्काफाल छाडेका छन् । त्यसैले पनि मन्त्री किराँतीको कछुवागतिको काममा प्रश्न उठ्ने गरेको मन्त्रालयमा चर्चा हुन थालेको बताइन्छ ।

प्रतिकृया दिनुहोस