• बिहीबार-फाल्गुण-१-२०८१

इन्स्पेक्टरको बढुवा सिफारिसमा अन्याय 

काठमाडौं । प्रहरी प्रधान कार्यालय लामो समयदेखि रिक्त रहेको प्रहरी नायव उपरीक्षक(डिएसपी)मा बढुवामा मौन जस्तै रहेको थियो । ०८१ माघ २५ गते प्रधान कार्यालयले रिक्त दरबन्दीमा बढुवाका ७५ जना सिनियर प्रहरी निरीक्षकहरूलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । तर, बढुवा सिफारिसमा योग्य, क्षमतावान, कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट, कार्यकुशल, अनुभवी र कुनै विवादमा नपरेका केही अधिकृतहरु छुटेको गुनासो बाहिर आएको छ । प्रहरी निरीक्षकहरू चन्द्र बहादुर थापा, बसन्त गौतम, होम प्रकाश चौधरी, पन्चलाल गोले र अनिल पण्डित यस पटकको बढुवा सिफारिसमा पर्न नसकेको बताइएको छ ।


नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट निरीक्षकहरूलाई पन्छाएको गुनासो संगठनभित्र हुने गरेको छ । उनले संगठनमा राम्रो काम गर्नेलाई भन्दा राजनीतिक दबाबमा बढुवा गरेको भन्दै फोर्सभित्र उनको यस्तो कार्यशैलीप्रति आलोचना बढेको बताइन्छ ।

 

आगामी चैत्र पहिलो साता तीस वर्षे  सेवा अवधि पूरा गरेर उनी अवकासमा जाने तयारीमा रहेका छन् । आईजीपी कुँवरको पालामा धेरैजसो डिएसपी, एसपी, डिआईजी र एआईजीको बढुवा र सरूवा गर्ने ऐतिहासिक अवसर उनले प्राप्त गरेका थिए । तर, कुनै पनि बढुवा विवादरहित बन्न सकेन । 


 यस्तो अवसर पाउँदा पनि केही राम्रा अधिकृतहरूमाथि उनले न्याय गर्न नसकेको गुनासो संगठनभित्र बढेको छ । यतिखेर इन्स्पेक्टरको बढुवामा गौतम र चौधरी सिफारिसबाट बिञ्चित गरिए । मधु नेपाल, लोक बहादुर जिसी र हिरासिंह महरालगायत निरीक्षकहरू राजनीतिक दबाबमा बढुवा हुन सफल भएको  प्रधान कार्यालयमा चर्चा चल्ने गरेको छ । भरखरै डिएसपीमा बढुवा सिफारिस भएकाहरूमा सुरेन्द्र प्रसाद जोशी, मिलन बस्नेत, राजकुमार सिंह र इन्द्रजित ईटनी रहेका छन् ।


  निरीक्षकहरु प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेशदत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री र हिमबहादुर खत्री पनि बढुवा सिफारिसमा परेका छन् । मोहनजंग बुढाथापा, चक्र बहादुर डम्बरपाल, अनिलराज गिरी, पविन्द्र बहादुर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य र मधु नेपालको नाम डिएसपी बढुवाको लागि सिफारिस गरिएको छ । राजन रायमाझी, जनक पुरी, केदारमान दोङ, केशवराज ज्ञवाली, दीपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भुषण यादव, बसन्त पाण्डे र प्रशन्नराज चौधरीलाई पनि बढुवा सिफारिस गरिएको छ ।


बिष्णु प्रदिप बस्याल, शिला थापा, सुरेश गौतम, भिम बहादुर खड्का, रामचन्द्र तिवारी, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे र दीवश बहादुर जि.सी.पनि बढुवा सिफारिसमा परेका छन । राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बि.सी., गणेशचन्द्र कोईराला, बिक्रम लामा, पदमराज थापा, गोपीकृष्ण सुवेदी र नवराज न्यौपाने प्रहरी नायव उपरीक्षक बढुवाका लागि सिफारिसमा परेका छन् ।


निरीक्षकहरु देबेन्द्र कुमार मल्ल, दीपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, योगराज खतिवडा, डम्बर बहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु र हिरासिंह महरा पनि बढुवाका लागि सिफारिस भएका छन् । यसैगरी,  सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुनार, गोबिन्द रावत, सुवास भट्टराई र देबेन्द्र बहादुर शाह पनि बढुवा सिफारिस सूचीमा परेका छन् ।

नरेशराज मल्ल, हिमा थोकर, राजीब श्रेष्ठ, भाष्कर खतिवडा, सुरज बहादुर खड्का, कृष्ण प्रसाद बिष्ट, मदन थापा, वकिल बहादुर सिंह, हरि बहादुर बस्नेत र शंकर खड्काको नाम पनि बढुवा सिफारिसमा परेको छ । (साँघु साप्ताहिक, २०८१ माघ २८) 
 

प्रतिकृया दिनुहोस