• बिहीबार-फाल्गुण-१-२०८१

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना नियन्त्रणमा

 

काठमाडौँ, १ फागुन : सशस्त्र प्रहरी बलले काठमाडौँको  गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक  लागूऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

 
एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
 

अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।
---

 

 

प्रतिकृया दिनुहोस