• बिहीबार-फाल्गुण-१-२०८१

बारा : रू. २४ लाख ५७ हजारको तस्करीका सामान बरामद


बारा, २०८१ सालको ११ फागुन । जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गतको प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी वरिष्ठ  नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बारा जिल्लास्थित जीतपुर सिमराबाट अवैध सामान बरामद गरेकाे छ ।


 प्रहरीका अनुसार, उप-महानगरपालिका वडा नं. १, पथलैया चौक नजिक एक ठूलो कारबाही गर्दै वीरगंजबाट काठमाणडौं तर्फ जाँदै गरेको एक ट्रकलाई रोकी चेकजाँच गरेको थियाे  ।

 

प्रहरीकाे चेकजाँचको क्रममा, ना ६ ख ६३९५ नम्बरको उक्त ट्रकबाट फेला पारिएका सामानहरूको मूल्य अन्दाजी रूपमा २४ लाख ५७ हजार ७ सय २३ रुपैयाँ बराबरको अवैध सामान रहेको पाइएको छ। बिल र बिजकको तुलना गर्दा ट्रकमा लोड गरिएको सामानको मात्र र स्रोत स्पष्ट गर्न नसकेको कारण, प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको छ।

 

बरामद भएको सामानमा मोटर पार्ट्स, पेपर, पंखा मोटर लगायत विभिन्न वस्तुहरू सामेल छन्, जुन आपराधिक रूपमा तस्करी गरिएका सामानहरूको सूचीमा पर्छन्।

 

प्रहरीले उक्त ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जानकारी प्राप्त भएको छ। यस घटनाले तस्करीविरुद्धको कडा कदमलाई प्रमोट गरेको छ र प्रहरी विभागले थप अनुसन्धान गर्ने निर्णय लिएको छ।

 

 

प्रतिकृया दिनुहोस