🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनका उपप्रधानमन्त्री र उज्बेक समकक्षीबीच भेटवार्ता

बेइजिङ, ५ वैशाख, (रासस-सिन्ह्वा) चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङले २०८० वैशाख ५ गते मङ्गलबार बेइजिङमा उज्वेकिस्तानका उपप्रधानमन्त्री जम्सिद कुचकारोभसँग भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा लिउले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्न र चीन-उज्बेकिस्तान सम्बन्धलाई  थप नयाँ उचाइमा पुर्या उन उज्वेकिस्तानसँग मिलेर काम गर्न चीन तयार रहेको बताउनुभयो।

चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि र अनुभवको बारे बताउँदै लिउले गरिबी निवारणमा चीनले सहयोग सुदृढ गर्ने र विश्वव्यापी गरिबी निवारण उद्देश्यको विकासलाई प्रवर्द्धन गर्ने पनि बताउँनु भएको छ ।

त्यसैगरी कुचकारोभले गरिबी न्यूनीकरण र विकासमा चीनको अनुभवबाट पाठ सिक्न र विभिन्न क्षेत्रमा चीनसँगको आदानप्रदान र सहयोगलाई अझ गहिरो बनाउन उज्बेकिस्तान इच्छुक रहेको बताउनुभयो।