🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नौ हजार घुस रकमसहित प्रहरी सहायक निरीक्षक यादव अख्तियारको फन्दामा

सिराहा, ३० चैत । सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई आज अपरान्ह कार्यालय बाहिर सेवाग्राहीसँग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्नहरी सहायक निरीक्षक यादबले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दादर्ता नगर्न  दुई लाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् । 

\"\"

पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतीमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।