🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी डलरको भाउ सामान्य घट्यो, युरो बढ्यो

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बिहीबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । अमेरिकी डलर ८ पैसाले घटेर यसको खरिददर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरोमा  उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १२ पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको थियो।

बिहिबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४४ पैसा तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा ४३ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६३ रुपैयाँ १२ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

बिहिबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा बिहिबार ४२७ रुपैयाँ ६० पैसा र बिक्रीमा ४२९ रुपैयाँ ५६ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ १५ पैसा तोकिएको छ।