🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सूर्य भन्दा पनि तीस अर्ब गुणा ठूलो ब्लाक होल फेला परेकाे दावी

काठमाडौ, १९ चैत । खगोलविद्हरूकाे एक समूहले अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएको जनाएका छन् । डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले नयाँ प्रविधि प्रयोग गरी अहिलेसम्मकै ठूलो ब्लाक होल पत्ता लगाएको हो । जुन ब्लाक होलका बारेमा रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।

सो जर्नलमा उल्लेख भए अनुसार उनीहरूले ‘ग्राभिटेसनल लेन्सिङ’ नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल फेला पारेका हुन । यस प्रविधिको प्रयोग गरी खगोलविद्हरूको सो समूहले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दै जाँदा उक्त ब्ल्याकहोल पत्ता लगाएका थिए ।

सो अनुसन्धानको नेतृत्व गरेका जेम्स नाइटिङ्गेलले त्यो ब्ल्याकहोल कति ठूलो छ भनेर बुझ्न भने गाह्रो भएको बताएका छन् । उनको समूहले प्रकाशन गरेको अनुसन्धानात्मक आलेखका अनुसार एबेल १२०१ तारामण्डलको एक आकाशगंगामा रहेको उक्त ब्ल्याक होल, हाम्रो सूर्यभन्दा ३० अर्ब गुणा ठूलोसमेत रहेको उनीहरूले जनाएका छन् ।

‘यदि राति आकाशमा देखिने सबै तारा र ग्रहहरूलाई एउटै विन्दुमा राख्ने हो भने त्यो विन्दु ब्ल्याक होलको एक प्रतिशत मात्र हुनेछ,’ अनुसन्धनकर्ता मध्येका एक खगोलबिद नाइटिङ्गेलले  भनेका छन्, ‘ब्रह्माण्डका धेरैजसो आकाशगंगाभन्दा यो ब्ल्याक होल ठूलो देखिएको छ ।’

सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्वीरहरू अध्ययन गरिरहँदा प्रकाशको ठूलो चाप देखेपछि यो ब्ल्याक होलका बारेमा अध्ययन तथा अन्वेषण सुरू गरिएको थियो ।