🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादी त्यागेर शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश

काठमाडौं, १५ चैत । माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।  काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनी जनमत पार्टीमा प्रवेश गरेका छन् । 

माओवादी परित्यागसँगै उनी जनमतमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएकाले जनमतमा प्रवेश गरेको कुश्वाहको भनाइ छ । 

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरल उनी पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा  आगामी १० वैशाखमा  हुने  उपनिर्वाचनमा कुशवाहाले उम्मेदवारी दिने तयारी गरेका छन् ।