🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छातीको ‘टाँकघर’ देशभन्दा माथि हुँदैन

\"\"लमतन्न बगर जस्तै छन् कविताहरू । कतै ठुला ढुंगाहरू । कतै आकार मिलेका मध्यम खाले । कोही लोहोरो जस्ता गोलाकार र कतै ससाना गुलेली हान्नका लागि राखिएका मट्याङ्ग्रा जस्ता खदिला छन्, कविताको आकार । यी सबै नदीले आफ्नो प्रवाहको क्रममा छोडेका विरासत हुन् । कटानको जति गनगन गरेपनि ठुला ढुंगालाई पिँधेर बालुवा बनाउने सामथ्र्य नदी बाहेक अरुमा हुनै सक्दैन । 

ससाना खोलाहरू बग्दै समथरसम्म आइपुग्दा नदी बन्छन् । ‘टाँकघर’ले पनि ४० वटा कविता बटुलेर नदीको रूप धारण गरेको छ । माथिल्लो भेगका नदीहरू आकारमा साना हुन्छन् । वर्षामा उर्लिएको भेलले धेरैको सातो लिन्छ । लेखनको उचाइ पनि यस्तै हो । बिस्तारै फैलिंदै जाने । यो सिद्धान्तलाई आत्मसाथ गरेका कवि हुन् विनोद दाहाल वत्स ।

कविता जीवनको जाँतोमा पिसिएर निस्किएको पिठो जस्तै हो । दानाभित्र रहेको पिठोलाई बाहिर ल्याउनका लागि संघर्षको जाँतोमा हातोको साहराले घोट्नु पर्छ । यसरी घोटेपछि शरीरबाट पसिना र जाँतोबाट पिठो बराबर खस्छ । कवि पनि कविता जन्माउन यही अनवरत परिश्रम गरिरहेको हुन्छ । 

पूर्वीय दर्शनमा काव्यको रचना गर्ने व्यक्तिलाई कवि भनिएको छ । सम्पूर्ण कविताको रस जान्ने व्यक्तिलाई पण्डित भनिन्छ । यसको अर्थ कविले जति कविताको अर्थ बुझ्छ, र लेख्छ, पण्डितले त्यसको व्याख्या गर्न सक्छन्् भन्ने हो । विनोदका कवितामा पनि व्याख्या गर्न सक्ने विषयहरू छन्् । विषय नै नभएको कविताको व्याख्या गर्न कठिन हुन्छ । कवितामा रस, बिम्ब र भाव अपरिहार्य हुन्छ । उपमा र अलंकारको प्रयोग भएको कविता झन् सुन्दर कविता हो । यहाँ विनोदले यसको प्रयोग गर्ने सामथ्र्य राखेका छन् ।

विक्रम सम्वत २००७ सालदेखिको राजनीति अझैं सङ्लिन सकेको छैन । यसले धेरैलाई आहात पारेको छ । पृथ्वी नारायण शाहको उपमाको प्रयोगबाट आजको समयको चित्रण गरिएको छ । त्यो चोर औँला हामीलाई ठड्याइएको हो कि भन्ने खवरदारी गरिएको छ । वीर र वीराङ्गनाको बहादुरीलाई संझिएर आजको हाम्रो हैसियत कता जाँदै छ, हेर्न सचेत गराइएको छ ।  

हाम्रो बुद्धि कालिदासको जस्तै बनेको छ । मूर्ख कालिदासबाट विद्वान कालिदासमा रूपान्तरण हुन ढिला भएको संकेत कविताले गरेका छन्् । हाम्रो दैनिक व्यवहार र आनीबानी बिग्रिंदै गएको छ । समयको परिपालना छैन । ध्यान तप, जपको विधि हरायो भन्ने चिन्ता छ । सहिष्णुता हराउँदै जानुको यो एउटा कारण पनि हो । रंगहरू जीवनका पर्याय हुन्, प्रकृतिलाई उज्यालो पार्ने । तर, रंगिन हुन छोडेको छ पहाडको घर । त्यो आमाको अनुहार जस्तै निस्तेज रंगहीन बन्दै गएको छ । यो समाज र गाउँघरमा देखिएको एउटा मिठो चित्र हो । 

हामीले माटोलाई गुरु मान्न सकेनौँ । राजनीतिकर्मीले सिकाएको बाटो हिँड्यौ । हाम्रो राष्ट्र भक्ति हरायो र द्विविधामा प¥यौं । प्रकृतिमा आरुले एउटै बोटमा फुलाएको सेतो र प्याजी फूल भुल्यौ । सबै प्राकृतिक नियम भुल्दै गएपनि थपिदै गएको छ रोष र कलहको बिउ । हाम्रा संस्कारहरू बिस्तारै एकराते बजार जस्तै बनेका छन् । 

इतिहासबाट हामीले पाएको विरासत गुम्दै गएको छ । आफ्नो देशको विरासत कमजोर बन्दा पनि नेताहरू मुसा जस्तै बनेर अझ खोतल्न लागेका छन् । कतै देखिदैनन् मुसा नियन्त्रण गर्ने बिरालाहरू । भाले बिरालो छानामा घाम ताप्दै छाउरी पछिपछि लाग्यो । अर्काको मासु भातमा पल्किएका बिरालाहरूले के को गर्थे मुसाको रखवाली भन्दै देश प्रेम नगर्ने नेताहरूलाई बिम्बको माध्यमबाट मुसा बनाएर हाम्रो बिग्रिंदै गएको राजनीतिमाथि प्रहार गरिएको छ ।

प्रकृतिले समयमा वर्षा गराउन नसकेको भन्दै राज्यले किसानलाई मल, पानी र बिउको व्यवस्था गर्न नसकेको देखाइएको छ । अनि कसरी आउँछ सहकाल ? भन्दै प्रश्न गरिएको छ । अन्य दाताले अन्न उब्जाउन नसकेका कारण नै हो तन्नेरीहरू जवानीको जोस बोकेर विदेसिनु परेको पनि । यो पीडा छ कविमा । 

जीवनलाई आकाससँग तुलना गर्दै शरीरमा भएका अवयवहरू तारा, जून, सूर्य, पिण्ड हुन् भनिएको छ । आमाले जाँतो पिँधे जसरी बा निस्फिक्री कुहिरिमण्डल धुँवा उडाएर तमाखुमा रमाउछन् । कसैका रहरका खात छन् , कसैका पीडाका भकारी । तर पनि आमैको रहर बाले र बाको रहर आमाले मात्र बुझेका छन् । यही सत्य हो जीवन निर्वाहका लागि । योभन्दा बढी आशा गरेर पाउने पनि त केही छैन । यसले रित्तिदै गएको आशालाई उजागर गरेको छ ।

लेकमा छुर्पी बन्न सकेको छैन । चौँरी गोठहरू तलतल झरिरहेका छन्् । तराइमा झुल्नुपर्ने धानका बालाहरू लेकतिर सरिरहेका छन्् । सालिग्राम फोरेर मन निकालिएको छ । ऐना र तारमा अटाएका छन्् सबै सपनाहरू । गंगा सुकेको दृष्य छ आँखाभरि । यसरी कविताले जीवनको पर्याय र हामीले आफैले बिगारेको संस्कार र समयको बिरोध गरेका छन्् । कविताको शक्ति बलवान छ, तर लमतन्न पारिएको छ । भावलाई छुट्याएर लेखिएको छैन् । जसले पढ्नमा अलमल पार्छ । तथापि रस र बिम्बको उचित प्रयोगले छोपिएको छ यो दोषलाई । 

‘बाँसको तगारो लगाएर सीमानामा 
चाल्नाका प्वालबाट छिर्ने माटो
हत्केलामा उठाउँछु र सोध्छु
माटोले जे भन्छ त्यही गर्छु ।’

विनोद तपाईंको लेखन यात्राले शिखरको सिँढी चढ्दै जावोस् ।
शुभ कामना ।