🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्षत्र फाउण्डेसनको आयोजनामा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुँदै

काठमाडौं, १२ चैत । झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुने भएको छ । नक्षत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन् । 

अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ्ग , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन् । आयोजकका अनुसार प्रतियोगीतामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्धितिय हुनेले २ लाख र तेस्रो स्थान हाँसिल गर्नेले १ लाख  पाउनेछन् । 

त्यस्तै बिजेताहरु तिनै जनालाई आयोजक संस्था नक्षत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । प्रतियोगीताको फाइनल जुलाईमा हुनेछ । कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ ।

१५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगीताको निर्देशन गायक कमल राईले गर्दैछन् । जसका लागि उनी अमेरिकादेखि केही दिनमा नै नेपाल आउँदैछन् । कार्यक्रमको प्रायोजन रेड वान रियालिटी, मेनुका मेमोरियल फाउण्डेसन, बेस्ट मोरगेज, रिदम स्क्रिन, लगायतले गरेका छन् ।