🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला उपसचिवको यो के ताल ? 

काठमाडौं । यतिखेर गृह मन्त्रालयमा महिला सिडिओ हुनेको संख्या बढ्दैछ । केही महिना अघिसम्म ६ वटा जिल्लाहरूमा महिला सिडिओ रहेका थिए । सहायक सिडिओमा त धेरै जना उपसचिव र शाखा अधिकृत महिलाहरू नै कार्यरत छन् । गृहका उपसचिव महिलाहरू सरूवा भएको जिल्लामा नगएर काठमाडौं उपत्यका वरपरका कार्यालयहरूमै काज वा दरबन्दी मिलाएर बस्ने प्रवृत्ति बढेपछि महिला सिडिओ हुनेहरूको संख्या घटेको मन्त्रालय स्रोतले बताएको छ ।

 भन्नलाई महिलाहरूले आधा आकासकै दावी गर्छन् । तर, अवसर आउँदा भने महिला कर्मचारी पछि हटेको गृह मन्त्रालय नै उदाहरण बनेको छ । महिला कर्मचारीहरू पुरूष सरह काम गर्छाैं भन्ने दावी गर्छन् । तर मन्त्रालयले खटाएको दूरदराज र जिल्लातिर सरुवा भएर जानुपर्दा रोइकराई गर्दै सुगम स्थानमा मात्र बस्न चाहेको घटना पनि यही मन्त्रालयले व्यहोर्दै आएको स्रोत बताउछ ।
गृह मन्त्रालयले उपसचिव लक्ष्मी पाण्डेलाई २०७९ भदौ १७ गते मकवानपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेको थियो । तर, उनी आजका दिनसम्म पनि खटाएको जिल्लामा गएकी छैनन् ।

गुल्मी घर भएकी पाण्डे त्यही जिल्लाको सहायक सिडिओ भएकै बखत मन्त्रालयमा सरुवा भएकी थिइन् । त्यसपछि उनको सरुवा मकवानपुरमा गरिएको थियो । तर, उनले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग रोइकराई गरेर उक्त सरूवा संशोधन गराएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हाजिर भएकी थिइन् । त्यसयता उनी कार्यालय प्रमुख बासुदेव घिमिरेको सहयोगमा कतै नगई काजमा एयरपोर्टमा नै बसेको स्रोतले जानकारी दिएको छ । सहायक सिडिओको जिम्मेवारी सम्हालिसकेकी पाण्डेले अहिले गृह सचिव विनोद प्रकाश सिंहलाई हारगुहार गरेर पुनः त्रिभुवन विमानस्थलमै बस्ने व्यवस्था मिलाई दिन दबाब दिइरहेको गृह स्रोतले बताएको छ ।

अनेकौ बिलौना गरी सरूवा संशोधन वा काज मिलाएर काठमाडौं उपत्यकाको सुविधाजनक वा मालदार ठाउँमा बस्ने प्रवृत्ति महिला शाखा अधिकृत, उपसचिव र सहसचिवहरूमा बढेको सामान्य प्रशासन स्रोत बताउछ । गर्भवती हुँदा, बालबच्चा १० वर्ष भन्दा सानै हुँदा जिल्ला बाहिर जाँदा समस्या हुन सक्ला । तर, त्यो अवस्था नभएका महिला अधिकारीहरू समेत अनेक बहाना बनाएर काठमाडौं उपत्यका र सुविधाजनक ठाउँमै रमाउने गरेका उदाहरण धेरै छन ।  यसले वास्तविक पीडितहरूलाई मर्का पर्ने तर अवसरवादी, टाठाबाठा, सोर्सफोर्स र अतिरिक्त आम्दानीमा रमाउनेहरू सँधै सुविधाजनक र मालदार ठाउँमा बसेर ‘तरमार्ने’ प्रबृत्ति बढ्दै गएको बताइन्छ । 

उपसचिव पाण्डे मात्र अपवाद होइनन् । यसरी गृहमा दरवन्दी राखेर काजमा खानेपानी मन्त्रालयमा तत्कालीन मन्त्री उमाकान्त चौधरीको स्वकीय सचिव बनेका शशीकुमार लम्साल पनि अर्को उदाहरण हुन् । उनको खास दरवन्दी अध्यागमन कार्यालय एयपोर्टमा नै रहेको बताइन्छ ।  उनले डेढ वर्ष पूर्व खानेपानी मन्त्रीको सचिवालयमा बिताए ।

२०७९ मंसिरमा चौधरी मन्त्रीबाट बाहिरिए पनि लम्सालको खानेपानी मन्त्रालयमा आउजाउ भने घटेको छैन । उनी दैनिक जसो मन्त्रालयमा पुग्ने गरेको स्रोत बताउँछ । मन्त्रालयबाट रमाना लिएर हिंडे पनि उनी एयरपोर्टमा हाजिर हुन भने गएका छैनन् । हिजोका दिनमा मन्त्री चौधरीको स्वकीय भएर ‘तरमारे’को आरोप खेप्दै आएको उनी हरेक दिन मन्त्रालय पुग्ने गरेको स्रोतको भनाई छ । उनको यो प्रवृत्तिका कारण मन्त्रालयका कर्मचारीसमेत हैरानीमा परेको बताउछन् ।