🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजबाट नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता

मोरङ, (रासस) : नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा  चैत ३ गते यहाँ आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते  तीन वटा  टि –२०  र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जानकारी दिइएको छ ।

    फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताउनुभयो ।

    भारतीय टीममा विभिन्न राज्यबाट टि–२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उहाँले दिनुभयो । नेपालतर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन् ।

प्रतियोगिताबाट दुई मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताउनुभयो । मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ ।

    नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउण्डेशनले आगामी दिनमा पुरुष तथा महिलाको प्रयोगिताको आयोजना गर्ने बताएको छ ।
–––