🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको निर्वाचनको मतगणना सुरु भएको हो । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतगणना सुरु भएको हो । उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र  जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् । 

शुक्रबार नै मतगणना सकेर निर्वाचित प्रमाणपत्र प्रदान गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन् । 

उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।