🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रसंघको मानवअधिकार परिषद्‌मा \’कान्तारा\’

मुम्बई, ३ चैत । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ले एउटा ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । स्वीटजरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा यो फिल्म प्रदर्शनमा आउने भएको छ । यो फिल्म आज शुक्रबार परिषद कार्यालयको हल नम्बर १३ को पाथे बालेक्सर्टमा प्रदर्शन गरिन लागिएको हो ।

फिल्म प्रदर्शनका लागि लेखक, निर्देशक तथा अभिनेता ऋषभ शेट्टी जेनेभा पुगेर आफ्नो ओरल सबमिसन पुरा गरिसकेका छन् । सेन्टर फर ग्लोबल अफेयर्स एण्ड पब्लिक पोलिसि(सीजीएपीपी)ले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको बारेमा जानकारी दिएको छ ।

‘रिसभ शेट्टी जेनेभामा युएनएचआरसी सेशनमा वातावरण, मौसम र संरक्षणका विषयमा भारतीय फिल्मको भूमिकाका बारेमा बोल्नेछन् । सीजीएपीपीका निर्देशक अनिन्ध सेनगुप्ताले सेशनको समयमा उनलाई भेट्नेछन्’, पोलिसिले ट्वीट गरेको छ ।

‘कान्तारा’को कन्नड भर्सन र हिन्दी भर्सन गत वर्षको नोभेम्बर ३० र अक्टोबर १४ मा रिलिज भएको थियो । फिल्ममा ऋषभसँगै सप्तमी गौडा र किशोर कुमारको प्रमुख भूमिकामा अभिनय थियो ।