🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा आमरण अनसन

पोखरा, १ चैत । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरमा आमरण अनसन सुरु गरेका छन् । निर्वाचन अधिकृतले धाँधलीपूर्ण रूपमा चुनावी प्रक्रिया अघि बढाएको आरोप लगाउँदै आमरण अनसन बसेका हुन । 

निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठक बिना बाहिरी व्यक्तिले हस्तक्षेप गरेको भन्दै नेविसंघ क्याम्पस समितिका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले गत  फागुन २७ गते राजीनामासमेत दिएका थिए ।

समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दीसमेत गरेको नेबिसंघको सोही समुहले क्याम्पसमा हाल आमरण अनसन सुरु गरेका हुन ।

निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ ।