🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरी बलमा संगठनका नेतृत्व तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालकाे प्रधान कार्यालय हलचोक स्वयम्भूमा २०७९ फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरुबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गरिएको भएको छ ।

\"\"
      संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको विकास, विस्तार र सुधार कार्यमा परिवर्तन गर्दै लैजाने बताउदै यस कार्यमा नेतृत्व तह गम्भीर रुपले लागि परिरहेको बताएका छन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कामकारवाही, कार्यपद्धति र भावी योजना सम्बन्धमा प्रशिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासाहरुको बारेमा प्रष्ट पारिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।

    मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको प्रशासनिक कामकारवाही, भर्ना तथा तालिम, सरुवा, बढुवा, कल्याणकारी सेवा सुविधा, युएन मिशन लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन पद्धतिलाई समेत वैज्ञानिक, पारदर्शी र वस्तुगत ढंगले अगाडि बढाउँदै लैजाने योजना रहेको बताएका थिए ।

  यसैगरी कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले न्यूनतम श्रोतसाधन र जनशक्तिका बावजुद पनि देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, विपद् उद्धार लगायतका विभिन्न अप्रेशनल गतिविधिहरुमा सशस्त्र प्रहरी बल परिचालित हुँदै आईरहेको जानकारी दिएका थिए ।

  सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालको तैनाथी, सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण लगायत सीमा सुरक्षासँग सम्बन्धित विविध विषयहरुमा प्रशिक्षार्थी अधिकृतहरुलाई जानकारी गराएका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृतहरुको समेत उपस्थिति रहेकोसशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।