🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्याग्दी तथा हिमालपारिको प्रवर्द्धन कार्यक्रम सम्पन्न(सचित्र समाचार)

गण्डकी,  (रासस) : अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित चार दिवसीय प्रवर्द्धनात्मक कार्यक्रम २०७९ फागुन २७ गते सम्पन्न भएको छ ।

\"\"

(मनाङमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिर : नवीन लामिछाने/रासस)

\"\"

(तस्बिरः हिमालपारिको जिल्ला मुस्ताङको लोमन्थाङ । यसले माटाको शहरको उपमा पाएको छ । तस्बिरः वासुदेव पौडेल/रासस)

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गरिएको प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घ/संस्थाका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता थियो ।

\"\"

(तस्बिर :  हिमालपारिको  जिल्ला मुस्ताङको  कोरला जाने मार्गमा पर्ने छुक्साङ । प्राकृतिक विविधताले सम्पन्न मुस्ताङको  हरेक भूगोलको आफ्नै महत्व छ । तस्बिर : वासुदेव पौडेल/रासस)

कोरोनालगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो ।

प्रवर्द्धनकै अवसरमा युवा तथा महिला उद्यमीलाई लक्षित मुस्ताङमा डिजिटल मार्केटिङ तालिम गरिएको र म्याग्दीको बेनीमा महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी बनेको उहाँले बताउनुभयो ।

    प्रवर्द्धनकै क्रममा म्याग्दीको रुप्से झरना, गलेश्वरधाम, मुस्ताङको थकाली सामुदायिक होमस्टे ठिनी, ढुम्बा ताल, कागबेनी, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ, नेपाल–चीनबीचको कोरला नाकाआदिको स्थलगत अवलोकन गरिएको कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, टेवानका पूर्वअध्यक्ष रेनु थापालगायत पर्यटनसम्बद्ध व्यवसायी एवं सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमले म्याग्दी तथा मुस्ताङका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

तस्बिर  : मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि फागुन २६ शुक्रबार हिमपात भएको मनाङमा २०७९ फागुन २७ शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर : नवीन लामिछाने/रासस)