🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीनवटै राप्रपाबीच एकता एकताका लागि जुर्मुराए

काठमाडौँ, ६  असार  : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी 
(प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा २०७५ असार ५ गते देखि प्रक्रिया शुरु भएको छ ।

 \"\"

दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । दुवै दलबाट गठित कार्यदलले असार ५ गते  पहिलो पटक गरेको छलफलमा गत दुई वर्ष अगाडि दुवै दलबीच एकता महाधिवेशन हुँदा ती विषय सर्वसम्मत रुपमा पारित भएका कारण त्यसलाई आधार बनाएर जान सुझाव दिइएको छ । 

वार्तामा एकताको स्वरुप कस्तो हुने, अध्यक्षात्मक तथा बहुपदीय स्वरुपमा संगठनलाई कसरी विकास गर्ने, शक्ति पृथक्कीकरणलगायत विषयमा छलफल भएको राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए  । बैठकमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा(प्रजातान्त्रिक)बाट दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो । प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको गुरुङले जानकारी दिएका छन्  । 

हाल राप्रपाका तीन समूह छन् जसमा एकीकृत राप्रपा(राष्ट्रवादी)को नेतृत्व डा प्रकाशचन्द्र लोहनीले गर्दै आएका छन्  । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा पराजित भएपछि तीनै समूह एकताका लागि जुर्मुराएका छन् । विसं २०४७ जेठ १५ गते राप्रपा(थापा) र राप्रपा( चन्द) जन्मी विभिन्न टुक्रामा विभाजन, एकता र पुनःविभाजन भएको छ ।