🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भैरहवा भन्सार प्रज्ञापन प्रकरण : साना कर्मचारीलाई ऐन, शाक्य र विकलाई चैन

भैरहवा । कीर्ते प्रज्ञापनपत्रका आधारमा भैरहवा भन्सार कार्यालयबाट सामान आयात गर्ने हेम चौलागाई र राजु थापालाई कुनै कारबाही नगरी भन्सार एजेन्ट जगत दाहाललाई एक बर्ष कैद र ५२ लाख रुपैयाँ धरौटी मागदाबी गर्दै भन्सार कार्यालयले मुद्दा दायर गरेको छ । कीर्ते प्रज्ञापनपत्रका आधारमा विगत एक बर्षदेखि निर्वाध रुपमा हुँदैआएको तस्करीमा भन्सार प्रमुख भूपाल शाक्य, भन्सार अधिकृत मानबहादुर विकको मिलेमतो रहेको कुरा संचारमाध्यमबाट उजागर भइरहेको छ । 
भन्सार प्रमुख शाक्यलाई उन्मुक्ति दिएर चार कर्मचारी निलम्बन गरिएको प्रचार भएको छ । तर भन्सार अधिकृत मानबहादुर विकलाई २०७४ भदौ ११ सम्म निलम्बन गरिएको छैन । भन्सार विभागका एक उच्च अधिकारीका अनुसार विकलाई विभागमा हाजिर गराएर राखिएको छ । 
 यसअघिका अर्थमन्त्री कृष्णबहादुर महरा र उनका छोरा निर्मल महरा एटमदेखि पीए नेत्र पौडेलसम्म भन्सार अधिकृत विकलाई निलम्बन नगराउन शक्ति परिचालन गरिरहेको कर्मचारी स्रँेतको दावी छ । नासु अतुल शर्मा, खरिदार सुवास शर्मा र विनय जोशीलाई मात्र निलम्बन गरिएको छ । तस्करसंग मिलेर अवैध काम गर्दै मालामाल हँुदै आएका मुख्य दोषी भन्सार प्रमुख भूपाल शाक्यलाई उन्मुक्ति दिइएको छ भने अर्का दोषी मानबहादुर विकलाई पनि निलम्बन गरिएको प्रचार गरी विभागमा हाजिर गराएर अपराध छोपछाप गर्ने काम जारी राखिएको भन्सार विभागका उच्च अधिकारीले बताएका छन्, विकलाई जोगाउन माओवादी केन्द्रको शक्तिशाली समूह नै त्रियाशील रहेको खबर छ । भैरहवा भन्सार काण्डमा भन्सार विभागले शाक्य र विकलाई जोगाएर जाँचकी र एजेन्टलाई मात्र जेल र निलम्बन कारवाही गरेपछि ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान चरितार्थ गरेको छ ।
भूपाल बरालको पहिलो काम 
यसैबीच, राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बरालले एक महिनादेखि केरुङ भन्सारमा रोकिएका करीब १ हजार ७ सय मालवाहक गाडी छाड्न मोलमोलाई गरिरहेको समाचार छ । बरालसँग लाइन मिलाउने ब्यापारीका गाडी छाड्ने र नमिलाउनेको बरामद गर्न तीन टोली राजस्व अनुसन्धानका  कर्मचारी खटिएका छन् । गल्छी, रानीपौवा र टोखा सडकमा राजस्वका कर्मचारी महानिर्देशक बरालको निर्देश्न अनुसार खटिएको खबर छ । खटिएको टोलीले महानिर्देशक बराललाई अटेर गर्ने ब्यापारीका १० वटा ट्रक २०७४ भदौ ९ मै समातेर विभागमा ल्याइसकेका छन् ।
 केरुङ र टिमुरेमा गरी करीब १७ सय मालवाहक कन्टेनर एक महिनादेखि नेपालतर्फ आउन सकेका छैनन् । एक कन्टेनर बराबर करीब १५ लाख भन्सार शुल्क लाग्ने सामान ल्याएको हुन्छ । तर ब्यापारीले ५ देखि ६ लाखसम्म मात्र तिरेर छुटाउन खोजेपछि रसुवा भन्सार कार्यालयले  नमानेपछि रोकिएका हुन् । ठूला मानिसले लगाउने कपडा वा जुत्तालाई बेबी (बच्चा)को भन्ने र उच्च गुणस्तरको सामानलाई पनि न्यून गुणस्तरको देखाएर भन्सार कम तिरेर न्यूनमूल्यांकनमा भित्र्याउन खोजेपछि भन्सारले नमानेका कारण कन्टेनर थुप्रिएको स्रँेतको दावी छ । तर राजस्वका नवनियुक्त महानिर्देशक बरालले ब्यापारीहरूबाट प्रतिकन्टेनर १ लाखका दरले नजराना दिने सर्तमा छाड्न निर्देशन दिएको स्रोतले बताएको छ । २०७४ भदौ ९ देखि नै कन्टेनरहरू धमाधम छुट्न थालेका छन् । केरुङमा १५ सय र टिमुरेमा करीब २ सय ५० मालवाहक गाडी एक महिनादेखि अलपत्र छन् ।