🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब गर्मी छल्न यी फल खाऔं

नेपालमा गर्मी मौसम सुरु भएको छ । यो गर्मी महिनामा पाइने फलहरूको स्वादिला मात्र नभएर स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ, साथै चिसो र ताजा महसुस गराउन पनि यस्ता फलहरूले मद्दत गर्दछन् । यसले स्वास्थ्य समस्याबाट पनि बचाउन एकदमै मद्दत गर्दछ । 

खरबुजा ः यसले केवल शरीरमा पानीको मात्रालाई नियन्त्रित नराखी भिटामिन ए, बी, सी, म्याग्नेसियम, सोडियम तथा पोटासियम जस्ता तत्वहरू शरीरलाई भरपुरमात्रामा दिने गदर्छ । यसले खराब कोलेस्ट्रोललाई बढ्न नदिनुका साथसाथै तौल घटाउन पनि मद्दत गर्दछ । मुटुका रोगीहरूका लागि यो विशेष फाइदाजनक छ । अनुहारको रोगहरूका लागि एवं गर्मी हटाउन यसलाई उपयुक्त फल मानिन्छ । 

जामुन ः यसले युरिनमा चिनीको मात्रालाई कम गर्दछ । प्यास मेटाउनका साथसाथै यसले शरीरलाई एन्टीअक्सिडेन्ट दिने गर्दछ । जसले शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बनाउन र गर्मी हटाउन मद्दत गर्दछ । 

लिचि ः गर्मी महिनामा विशेषगरी लिची बजारमा प्राप्त गर्न सकिन्छ । यसको स्वादको साथसाथै फाइदा पनि उत्तिकै छ । यसले उपयुक्त मात्रा शरीरमा पानीको मात्रालाई पूर्ति गर्दछ । यसका साथसाथै यसमा ग्लूकोजको मात्रा भरपुर प्राप्त गर्न सकिने हुँदा थकाइलाई टाढा भगाउँदछ । 
आँप ः यसलाई पनि गर्मी हटाउन र पर्याप्त मात्रामा तरल पदार्थ प्राप्त गर्न मद्दत गर्दछ ।

यसले शरीरबाट गर्मी हटाउन मद्दत गर्दछ । यो एकदमै पाचनयोग्य छ जसले यसको अधिकतम प्रयोग शरीरका लागि फाइदाजनक हुन्छ ।