🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बुढासुब्बा गोल्डकप : क्यामरुन सेमी फाइनलमा

धरान,  (रासस) : यहाँ जारी २३औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको १४ फागुन आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ ।  

    धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो ।

    पहिलो हाफको १४औँ मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल क्यामरुनलाई जितका लागि निर्णायक बन्यो । बाँकी खेल अवधिभर दुवै टोली गोल गर्ने प्रयास भए तर सबै निरर्थक साबित भए । बागमती युवा क्लबले पाएको आधा दर्जन अवसर गोलमा परिणत हुन सकेन ।

    खेलको ‘म्यान अफ दी म्याच’ बागमती युवा क्लबकै आयुष राना घोषित भए । उनले नगद १० हजार पुरस्कार पाउनुभएको छ । सोमबार झापाको केएफटिसी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
–––