🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लागु औषध सेवन गरी सवारीसाधन चलाउने चालकहरु पक्राउ

काठमाण्डौं । नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौं, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागु औषध नियन्त्रण व्युरो कोटेश्वर, प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुङ्गा  समेतको सहभागितामा लागु औषध सेवन गरी सवारीसाधन चलाउने चालकहरु पक्राउ गरिएकाे छ ।

   काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. २ नागढुङ्गास्थित चेकप्वाईन्टमा खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधन चलाउने सवारी चालकले नषालु पदार्थ / लागु औषध सेवन गरी सवारी चलाएको / नचलाएको सम्बन्धमा चेकजाँच गर्ने क्रममा  २०७९ फागुन १२ गते साँझ  काठमाण्डौं-धादिङ रुटमा चल्ने सवारी साधनका चालहरुलाई सोधपुछ गर्दा निजहरुले लागु औषध सेवन गरी सवारी साधन चलाईरहेको सावित भएको थियाे ।

    नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएका ल्याव टेक्निसियनले Drugs Kit को माध्यमबाट पिसाव परीक्षण गर्दा निजहरुले लागु औषध सेवन गरेको पोजेटिभ नतिजा प्राप्त भएको हुँदा निज सवारी चालकहरुलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गरी प्रहरी वृत्त थानकोटमा राखी निजहरु उपर थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ  ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरु

१. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ५ बस्ने बा. प्र.०३-००१ ख १७०६ नं. को ट्रक चालक बर्ष ४२ को गणेश चौलागाई ।

२.  जिल्ला सिन्धुपाल्चोक कालिका गा.पा. वडा नं. १ बस्ने बा. प्र.०२-०३४ प ७९२९ नं.को मो.सा.चालक बर्ष २३ को मेख बहादुर थापा मगर ।

३.  जिल्ला लमजुङ राईनस न.पा. वडा न. ९ बस्ने ग.१ ख. ७१४५ नं. को बस  चालक बर्ष २५ को श्याम थापा ।

४.  जिल्ला लमजुङ सुन्दरबजार  न.पा. वडा न. ९ बस्ने ग. १० प. ९८३४ नं. को मो.सा. चालक बर्ष २५ को संजय गुरुङ ।

५.  जिल्लारामेछाप पकरवास गा.पा. वडा नं. ५ घर भई चन्द्रागिरी गुर्जुधाराको रिब्स स्कुलको गाडी चलाउने बर्ष २५ को गणेश दमाई ।

६.  जिल्ला धादिङ्ग सिद्धलेख गा.पा. वडा न. १ घर हुने  प्र.३-०१-०२५ च.६८८२ नं. को पिकअप चालक बर्ष २८ को विजन सिलवाल ।

  साे घटनामा नियन्त्रणमा लिइएको चालकहरु उपर  प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जानकारी पनि प्रहरीले दिएकाे छ ।