🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आत्मनिर्भर लघुवित्तको आजदेखि आईपीओ बिक्री खुला

काठमाडौ, ११ फागुन । आत्मनिर्भर लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ ।  

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरुका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

उक्त आईपिओमा सर्वसाधारण लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । 

आवेदकहरुले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।