🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा एक पुरुष पक्राउ

भक्तपुर, ११ फागुन ।  फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका- ७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वकाे टोली घटनास्थलमा पुगेकाे थियो ।

प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेकाे छ । घटनापछि  फरार रहेका  लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन् । नामथर खुल्न नसकेकी उनकाे उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाईएको जनाएको छ ।

ती युवतीमाथि जबरजस्ती करणी भएकाे हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण-५ बस्ने बर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।