🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अबैध रुपमा रिङ्गरोडको दायाँबायाँ राखिएका  पसल हटाउन थालियो 

     काठमाडौ । चक्रपथ क्षेत्रमा बढदै गएको फोहरले जनजीबनमा समेत गम्भीर प्रभावपार्न थालेको कुरालाई ध्यानमा राखी चक्रपथ सफाइ अभियान शुरु भएको साँढे चार महिना अर्थात २० औ  हप्ता भएको छ । २०७४ भदौ १० गते शनिबार २० औ हप्ताका दिन नारायणगोपालचोकमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्री रबिन्द्र खनाल, डीआइजी सर्बेन्द्र खनाल, पूर्वराजदूत जयराज आचार्य, काठमाडौ महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसीलगायतका बिशिष्ट महानुभाबहरुले  चक्रपथ सफाई जस्तो सुन्दर अभियानलाई जसरी अगाडि बढाइएको छ अब थप प्रभाबकारी बनाउन आह्वान गरेका छन । 
पूर्र्वप्रधानमन्त्री खनालले चक्रपथ सफाइ अभियान प्रारंभ गर्नेहरुप्रति आभार ब्यक्त गर्दै  राम्रो काममा सबै सहभागी हुन आह्वान पनि गरेका छन् । सो अबसरमा कार्यक्रम संयोजक लोकबहादुर टण्डनले ग्रिनसिटी अस्पतालको संयोजनमा भएको सफाई अभियान उदाहरणीय भएको बताएका छन । 
१९ हप्ता नागरिकहरु स्वयं सक्रिय भएर भएको सफाई अभियान २० औ हप्तामा आएर महाअभियानको रुपमा परिणत भएको छ । महानगरपालिका ३ का बडाध्यक्ष केसीले यो अभियानलाई संभब भएसम्म दैनिक संचालन गर्ने सोचाई समेत भएको जानकारी गराएका छन । 
  रिङ्गरोडको छेउछाउमा  पसल राख्ने , ढुगा रोडा राख्ने, काठ दाउरा राख्ने मात्र होइन फोहर फ्याँक्ने समेत गरेकोले पैदल यात्रु हिड्न समेत बाधा हुने गरेकोले नागरिकहरुकै पहलमा स्वतस्फुर्त रुपमा सफाई अभियान प्रारंभ गरिएको हो । ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट अहिले सम्म ४ सय टन भन्दा बढी फोहर संकलन गरिएको छ । 
संकलित फोहर लैजानका लागि काठमाडौ महानगरपालिका , टोखा नगरपालिकाले सहयोग गरेका छन् । प्रत्येक हप्ता शनिबार बिहान७ देखि ९ बजेसम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखा नगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यति हेल्थ साइन्स एकेडेमी, आमा समूह होटल ब्यबसायी संघ,  हिमालय बाताबरण सस्था, पत्रकार कलाकार, राजनीतिज्ञ, प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको पनि सहभागिता हुने गरेको छ । 
महाराजगंजन ारायणगोपाल चोकदेखि नयाँ बसपार्कसम्मको सडकको दायाँबायांँ सार्बजनिक ठाउँमा  बर्षाैदेखि  फालिएका फोहोर निकै मेहिनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न छाडेका छैनन । 
चक्रपथभन्दा पनि  टाढाटाढाबाट फोहर संकलगर्न  गर्ने गरिएको तर सोही क्षेत्रका नागरिक, पसललेले यत्रतत्र फोहर फाल्ने गरेको पाइएपछि सफाई अभियानताहरुको सहयोगमा प्रहरीले कारबाही पनि गर्न थालेको छ । कारबाही प्रारंभ भएपछि फोहर फाल्न कमी त भएको छ तर लुकेर पुलमुनी र कुनाकानी फोहर फाल्ने घृणित प्रबृत्ति अझै पनि रहेको छ । 
ग्रिनसिटी अस्पतालका अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको सयोजकत्वमा भएको चmक्रपथ सफाई अभियानमा बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजन बोर्ड डाइरेक्टर टंक पन्त, मुकुन्द ढुगाना, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा बिष्णु गौतम,  कलाकार तिलक बस्नेत, कलाकार निर्देशक अर्जुन पाडे, जेनिथ शर्मा, सीताराम पाठक,  समाजसेबी रेनु गुरुड, मीना न्यौपाने, बासु गिरी, छत्र बस्नेत, पदम लिम्बु, लच्मी ओली, ग्रिनसिटी अस्पतालका कर्मचारी नर्स सहित ५० जनाको  यो अभियानमा निरन्तर सक्रियता र संयोजन रहेको छ भने नेपाल प्रहरी, सशस्त्रप्रहरी, नेपाली सेना बागमती संरक्षण संस्था सहित प्रत्येक हप्ता कम्तीमा ३ सयको सहभागिताले स्थानीय बासिन्दालाई हाम्रै कारणले कारणले फोहर हुन दिनुहुदैन भन्ने सन्देश दिन थालेको छ ।   
सफाई अभियान चलिरहेकै समयमा बिगत दुइहप्तादेखि सडकको दायाँबायाँ रहेका माटाका ढिस्काहरु प्नि डोजरमार्फत हटाउने काम भैरहेको  छ । चार दिन सम्म ताराबहादुर कुंवरले निशुल्क डोजर उपलब्ध गराएका थिए भने त्यसपछिको सम्पूर्ण खर्च ग्रिनसिटी अस्पतालको सयोजनमा भएको छ । चालकको पारिश्रमिक , तेल र डोजरको भाडा आफै ब्यहोरेर माटोका ढिस्का हटाउने कामजारी रहेको छ र अहिलेसम्ममा एक सय ट्रिप माटो बाहिर लगिएको छ भने महाराजगंजदेखि नयाँ बस पार्क सम्म ७ देखि ८ सयसम्म माटोका ढिस्का डोजर लगाएर हटाउनु पर्ने देखिएको छ । डोजर लगाएर सडकको दायाँबायाँतिर  रहेको माटोका ढिस्काहरु हटाइएपछि सो क्षेत्रको दृश्य हेर्ने लायक भएको छ । 
सडककोे छेउमा राखिएका बाँस, दाउरा, गिटी बालुवा पनि हटाउन थालिएको छ । सडक बिभागले सूचना जारी गरी तत्काल नहटाए कारबाही गर्ने जनाएको छ ।