🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २० माघ । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गर्नुभएको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानून, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्जन गर्न माग गरिएको छ ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्यमान कानून, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्यन सङ्गठन (आईकाओ)को मापदण्ड पालना भए÷नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेत रिट निवेदनमा माग गरिएको छ । साथै, हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ ।
–––