🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रोत नखुलेको बिस लाख नगद सहित एकजना पक्राउ

वीरगञ्ज, १९ माघ । बारा जिल्ला, बिश्रामपुर गाँउपालिका वडा नं ४ बस्ने २७ बर्षीय श्याम किशोर प्रसाद साहलाई श्रोत नखुलेको बिस लाख नगद सहित आज प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीकाे चेकिङ टोलीले बिरगञ्ज महानगरपालिकाको रजत जयन्तीचोकस्थित सडक खण्डमा प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा निजसँग श्रोत नखुलेको नेपाली रुपैयाँ २०,००,००० (बिस लाख) भेटिएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो । 

उक्त रकम सहित मोटरसाइकल र निजले प्रयोग गरेको २-थान मोबाईल बरामद गरी साह माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसुरमा अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ ।