🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार १५.७४ अंकले घट्यो

काठमाडौं  । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । लगातार सेयर बजार घट्नेक्रममा म‌ंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ । 

सोमबार नेप्से परिसुचकमा ४१.०१ अंकले ओरालो लागेको थियो । सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो । मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ । साथै ११ कम्पनी स्थिर छ ।  २५९ कम्पनीको कारोबार भएको छ । ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १९ करोड २० लाख बढीरुपैयाँको सेयर बिक्री भएको छ। लुम्बीनी जनरल बिमाको १४ करोड ३७ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचकहरु राताम्मै भएको छ ।