🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छेडागाडका मेयरले बनाएनन् नलगाडको स्वास्थ्य भवन

सुर्खेत, १६ माघ । जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ । 

पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन् । प्रेरा खडका कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ । 

तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने विरामी तथा सेवाग्रहीलाई सेजा लिन समस्य भएको नलगाड नगरउपप्रमुख सरिता सिंहले गुनासो गरिन् । ठेक्काका कामहरु लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्य हुँदै आएको छ ।

ठेक्का लिएको काम समयमा नगर्दा समस्य भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतको लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ । 

दुइ वर्ष अघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आवह्वान गरिएको थियो । नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ । संरचना निर्माण गर्ने समय सम्मा निर्माणको काम सुरु नहुँदा सबै भन्दा बिडम्वना रहेको रहेको सरोकारवाला निकायले बताएका छन् ।

नगरपालिकाबाट पटक पटक काममा आउन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउने कार्यले गर्दा समस्य हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन् । संघीय सरकारबा प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो । 

 नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्को नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समते सात वर्ष सम्मा निर्माण नगरेका हुन् ।  खारा स्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो ।

पटक पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दावी रहेको छ । पुल निर्माणको काम लामो समय देखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरु अलत्रप भएका छन् । अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ ।