🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौं सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छन् । अन्य तीनजना पनि घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । 

आज बिहान बा२ख ८३६८ नंको बस र ना१ज २४२१ नंको सुमो गाडी एकापसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको थियो । 

पछि उपचारका क्रममा बसका सहचालकको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिनुभयो । साथै दुर्घटनामा बसमा सवार तीनजना घाइते भएका छन् । सुमोका चालकलाई नियन्त्रणमा लिइएको र हाल फरार बस चालकको खोजी जारी रहेको घिमिरेले जानकारी दिनुभयो ।
–––