🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जबरजस्ती करणी गरेको अभियोगमा यादव पक्राउ

सिरहा, १३ माघ । चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका-२२ बस्ने २४ वर्षीय संतोष यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सिरहा नगरपालिका-७ स्थित एक घरमा संतोष यादव र हाल वतन नखुलेका २३ वर्षीय सरोज कुमार यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको  आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूमध्ये संतोष यादवलाई पक्राउ गरेको हो । 

हाल फरार सरोज कुमार यादवको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।