🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु

धनगढी  । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । 

उनका अनुसार गौमुल गाउँपालिका–१ मा भेडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० भेडा, बाख्रा मरेको सूचना आएको प्रहरी प्रमुख थापाले बताए ।

उनका अनुसार हालसम्म बाजुरामा भूकम्पका कारण ३० घरमा क्षति भएको विवरण प्राप्त भएको छ । जसमा केही घरमा पूर्णरुपमा क्षति पुगेको र केही घरमा आंसिक क्षति पुगेको विवरण आए पनि पूर्ण विवरण नआइसकेको उनले बताए ।

 
बाजुरामा भएको भूकम्पको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र पहरी सहितको टोली परिचालन गरिएको छ । भूकम्पका कारण बझाङ र बाजुराका एक सय बढी घरमा क्षति भएको छ ।