🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन कारण प्रस्तुत गर्दै रामचन्द्र पौडेलले गरे राष्ट्रिय सहमतिका लागि आह्वान

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताए ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे । 

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए । 

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।