🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शान्ति सेनाद्वारा लेबनानी-इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी

बेरुत, ७ माघ, (रासस-सिन्ह्वा) लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा  कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएको छ ।  

"हामी दुबै पक्षहरूसँग निरन्तर सम्पर्कमा छौं र ब्लु लाइन नजिकका कुनै पनि गतिविधिहरूको संवेदनशीलतालाई जोड दिन्छौं," उनले उल्लेख गरेका छन्।

प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि आएको  हो ।
—–