🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममाः पीडितका परिवार

तेहरान । इरानमा महसा अमिनीको मृत्युपछि देशव्यापी भड्किएको विरोधमा प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक जना ¥यापरको परिवारले उनको ज्यान जोखिममा रहेको बताएको छ ।

महिलाका लागि कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा सेप्टेम्बर १६ मा राजधानी तेहरानमा गिरफ्तार परेकी अमिनीको केही दिनपछि हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि इरानभर प्रदर्शन चर्किएको थियो ।

इरानको ¥याप दृश्यमा चर्चित तुमाज सालेहीलाई गत महिनाको अन्त्यमा सरकारको  आलोचना र विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका थिए । उनको जीवन गम्भीर जोखिममा रहेको उनको परिवारले ट्वीटमार्फत जानकारी दिएको छ ।

 
अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् । इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।