🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

काठमाडौँ, ६ माघ (रासस) : उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को  दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताउनुभयो ।

यात्रुका गुनासालाई सम्बोधन गर्न र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम सुरु गरिएको उहाँले जानकारी गराउनुभयो । पुसमा गरिएको सचेतना कार्यक्रममा दुई हजार तीन सय २१ चालक तथा सहचालक सहभागी भएका र यो क्रम अहिले पनि जारी रहेको जनाइएको छ ।

प्रहरीले चालक तथा परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घमा पत्राचारसमेत गरेको छ ।

सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक–परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उक्त कार्यालयले सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी उहाँले  अनुरोध गर्दै आउनुुभएको छ ।

उक्त कार्यालयसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र यातायात व्यवसायी सङ्घसंस्थाका कार्यालयमा चालक तथा परिचालकका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यसैबीच काठमाडौँको बबरमहलमा प्रदूषण परीक्षण गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ सवारी साधन कारबाहीमा परेका पनि उहाँले जानकारी दिनुभयो ।

मापदण्डभन्दा बढी धुँवा फाल्ने भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा सवारी साधन कारबाहीमा परेका थिए ।
–––