काठमाडौं ८ भदौ । २०७४ भदौ ७ गते साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । भारतको राजकीय भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवाले भदौ ७ गते साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, “हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस् ।” भन्ने आग्रह गरेका थिए ।
भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित सो कार्यक्रम ‘सीआइआइ’ र ‘एसोचाम’ सहआयोजक रहेका थिए । यो कार्यक्रममा कसले के बोलेभन्दा पनि कार्यक्रममा नेपाली उद्योगी–ब्यवसायीहरुको ऐतिहासिक एक मात्र छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ र अर्को ऐतिहासिक संस्था नेपाल चेम्बर अफ कमर्शको नेतृत्वप्रति गरिएको घोर अपमानको चर्चा नेपाल उद्योग बाणिज्य महासंघ सम्बद्ध नेपाली उद्योगी–ब्यवसायीहरुले गरेका छन् ।
सो कार्यक्रममा उपस्थित नेपालका उपप्रधानमन्त्री तथा पराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई पनि मञ्चमा प्रोटोकल अनुसार, कुर्सीको ब्यवस्थापन नगरेर भारतीय राज्य मन्त्रीभन्दा मर्यादाक्रममा तल पारेर आयोजकहरुले घोर अपमान गरेको चर्चा कूटनीतिक वृत्तमा सुरु भएको छ । भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रममा उपस्थित नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई प्रधानमन्त्री शेरबहादुर देउवाको दायाँ पट्टीको कुनाको कुर्सीमा राखिएको थियो । जब कि नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलमा रहेका परिसंघका उपाध्यक्ष निर्वाण चौधरी जो जुनियर ब्यवसायी हुन्लाई प्रधानमन्त्री देउवासंगै बायाँ पट्टीको कुर्सीमा राखेर त्यसपछि मात्र मन्त्रिपरिषदको तीन नम्बर मर्यादाक्रममा रहेका उपप्रधानमन्त्री तथा पराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई राखिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको दायाँ पट्टीसंगैको कुर्सीमा भने भारतको पेट्रोलियम र प्राकृतिक ग्याससम्बन्धी राज्यमन्त्री धर्मेन्द्र देवेन्द्र प्रधानलाई राखिएको थियो । प्रोटोकल अनुसार, कमसेकम प्रधानमन्त्री शेरबहादुर देउवासंगैको बाया“ तर्फको कुर्सीमा उपप्रधानमन्त्री तथा पराष्ट्र मन्त्री कृष्णबहादुर महरा, त्यसपछि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र अन्तिम कुर्सीमा अर्बपति विनोद चौधरीका छोरा निर्वाण चौधरी जस्ता जुनियर ब्यवसायीलाई राख्नुपर्नेमा त्यसो नगरेर महासंघ र नेपाल चेम्बरको नेतृत्वलाई अपमान गएिको महसुस भएको छ । महासंघकी अध्यक्ष भवानी राणाको मर्यादाक्रम के अर्बपति विनोद चौधरीका छोरा निर्वाण चौधरी जस्ता जुनियरभन्दा साह्रै तल हो ? नेपालको निजी क्षेत्रको एक मात्र छाता संगठनको योभन्दा बेइज्जत के हुन्छ ? औपचारिक कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणालाई भारतीयहरुबाट हेपिएको मात्र नभएर नेपालका सारा उद्योगी–ब्यवसायीहरुलाई हेपिएको चर्चा काठमाडौंमा सुरु भएको छ । (हेर्नुस् तस्बिर आफै बोल्छ)



