काठमाडौं, २ माघ । सेयर बजार सोमबार बन्द हुने भएको छ । सरकारले आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ, सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको थियो । यसअघि बिहीबार नेप्से सूचक ४१।०४ अंकले घटेर २१४९।३९ विन्दुमा अडिएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
न्यूज कारखाना



