🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार १८.०९ अंकले बढ्याे, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दाेहाेराे अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिही‍बार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो । बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

बिहिबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त  वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त ‍वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त , नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धाैलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल १४७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ । ४ कम्पनी भने स्थिर रहेको छ । बिहीबार १३ उपसूचकहरू मध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ