🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सौर्यमन्डलबाहिर थप २३५ एक्सोप्लानेट्स फेला

न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार सन् २०२२ को अन्त्यमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डलबाहिर थप २०० भन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । योसँगै एक्सोप्लानेट्सको संख्या ५२३५ एक्सोप्लानेट्स पुगेको छ । ‘हामीले पुष्टि भएका ५ हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्ष सुरु ग¥यौं ।

नयाँ वर्षले के ल्याउनेछ ? थप ग्रहहरू !’ नासाले ट्वीट गरेको छ । सौर्यमन्डलबाहिरका ग्रहलाई एक्सोप्लानेट्स भनिन्छ । करिब ४ प्रतिशत एक्सोप्लानेट्स पृथ्वी वा मंगल ग्रहहरू जस्तै चट्टानी रहेका बताइन्छ ।  

नासाका अनुसार जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनाएको थियो । यो टेलिस्कोप अझै सञ्चालनमा छ । जुलाईमा यसको पहिलो ब्रह्माण्डको तस्बिर  प्रसारण गर्न थालेको थियो ।