हामीलाई सबैभन्दा बढी तनाव के कुराबाट हुन्छ के लाठीको कुटाईबाट या श्रीमतीको कचकचबाट । तपाईको जीवन तनाव ग्रस्त छ तर केही बानीहरू त्याग्न सकेमा तनाव कम गर्न सकिन्छ । धेरै तनाव भएमा हृदयघातदेखि लिएर मृत्युको मुखसम्म पनि पुग्न समय लाग्दैन ।
१. धेरै समयसम्म सुत्ने : तनावको सुरुवात विहानदेखि नै हुन थाल्छ । यदि तपाई धेरै सुतेर ढिलो उठ्नुहुन्छ भने शरीरको मेटाबोलिज्म(शारीरिक प्रणाली) ठीक ठाउँमा रहँदैन जसले गर्दा थकान, तनाव तथा उदासिनताले अधिक सताउने गर्दछ । अनुसन्धानले पनि विहान ढिलो उठ्ने मानिसहरू विहानाको नास्ता पनि छाड्ने र शरीरको सञ्चार नहुने कारणले तनावग्रस्त हुन सक्ने बताएको छ । त्यसैकारण साँझ छिटो सुत्ने र बिहान छिटो उठ्ने बानी बसाल्नु पर्दछ ।
२. लामो समयसम्म टिभी हेर्नु : मानिसहरू मनोरञ्जनका लागि टिभी हेर्ने गर्दछन् तर यसले कति असर पार्दछ भन्ने कुराबाट हामी अनभिज्ञ छौं । धेरै समयसम्म टिभी हेर्ने आदतले तनाव र हृदय सम्बन्धि समस्या ल्याउने गर्दछ । टिभी हेर्नुको साटो आफ्नो परिवारसँग समय बिताउन विशेषज्ञहरूले सल्लाह दिएका छन् । यसले पनि तनावबाट धेरै टाढा राख्दछ ।
३.धुम्रपान : मानिसहरू तनावबाट राहत पाउनका लागि धुम्रपान गर्ने गर्दछन् । तर धुम्रपानको असर ठ्याक्कै उल्टो रहेको छ । यसले तनाव कम गर्ने नभई तथ्यगतरुपमा तनाव बढाउने काम गर्दछ । धुम्रपानले हृदय धड्कन बढ्न जान्छ जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ ।
४.आवश्यक भन्दा बढी काम : अफिसमा कामको दबाब हरेक व्यक्तिमा हुन्छ तर जब घरको र अफिसको कामको सन्तुलन मिल्न जाँदैन, तालिका अनुसारका काम मिल्दैन तब मानिसहरूलाई तनाव तथा उदासिपन सुरु हुन जान्छ । त्यसकारण समय तालिका अनुसार कामलाई निपूर्ण गर्नु पर्दछ । आवश्यकभन्दा बढी जिम्मेवारी उठाउनु शरीरका लागि हानिकारक हुन्छ ।
५. गलत खानपान : तपाईहरू नाश्ता गर्नुहुन्छ, अधिक मात्रामा फास्टफुड तथा हेभी खानपान गर्नुहुन्छ ? या तपाईको कुनै खानपानको समय मिल्दैन ? यस्तो आदतले मानिसमा तनाव बढ्न जान्छ । तनावका कारण शरीरको प्रतिरक्षा पनि कमजोर हुने भएकाले अन्य रोगले समेत ग्रस्त बनाउन सक्दछ ।



