🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर, २२ जेठ (रासस) : आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । 

नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । 

राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौँको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए  । बढेको भाडासहित काठमाडौँ—भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ । 

गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् । 
–––