🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालाजुका डिएसपी अख्तियारको नियन्त्रणमा

काठमाडौँ, २९ असोज (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घूस प्रकरणमा नाम जोडिएपछि महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण घिमिरेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आयोगले यही असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी दाबी गर्दै हिँड्ने विनोद थापालाई पाँच लाख घूससहित पक्राउ गरेको थियो ।

पक्राउ परेका भाटले आयोगसँगको बयानमा प्रहरी नायब उपरीक्षक भण्डारीको पनि संलग्नता रहेको बताएपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता जीवराज कोइरालाले घूस प्रकरणमा नाम जोडिएपछि सोधपुछका लागि बोलाइएको बताए ।
–––