🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ । 

सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू बालुवाटार पुगेर छलफल गरेका हुन् । 

छलफलमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।

न्यूज कारखाना