🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार राजकुमारको सम्झनामा शैक्षिक सामग्री वितरण 

 काठमाडौँ, २१ जेठ।  रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी.को सम्झनामा स्थानीय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमारकी छोरी पत्रकार  उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालिका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामिक विद्यालयमा   अध्ययनरत ४० जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन ।

\"\"

विगत ८ वर्षदेखि  आफै पनि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएकी के.सी.ले २०७५ जेठ २० गते आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहलबहादुर कार्कीको सभापतित्वमा विद्यालयमा एक कार्यक्रम गरी २०७४ सालको परीक्षामा उत्तिर्ण भएका कक्षा १ देखि  ९ सम्मका प्रथम, द्वीतिय, तृतीय र सान्त्वना तथा जेहेनदार विद्यार्थीलाई कापी र कलम वितरण गरेकी हुन् । 

 
सोही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी उमा के.सीले बुबालाई गुमाएको समयमा घरमा आमाको आर्थिक अवस्था कमजोर हुँदा आफूलाई कसैले एउटा कापि दिँदा पनि निक्कै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उद्देश्यले गत वर्षदेखि  यस किसिमको शैक्षिक सामाग्री वितरण गर्दै आएको बताइन ।

 
धेरैजसो बालबालिका निजी विद्यालयमा पढ्न जानेको संख्या बढ्दै गइरहेकोे सन्दर्भमा गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सानो पुरस्कारले पढाईमा प्रतिस्पर्धा गर्न अझ प्रेरित बनाउने उनको विश्वास छ ।

 
समाज सेवाका लागि सानो कामबाट सुरुवात गर्न सकिन्छ भन्ने उद्देश्य राखेर यो अभियानको सुरु गरिएको भन्दै उनले यसलाई पत्रकारिता क्षेत्रमा रहुन्जेल स्वर्गीय बुबाको सम्झनामा वर्षेनी शैक्षिक सामग्री वितरण कार्य जारी राख्ने प्रयासमा रहेको पनि जानकारी दिईन । 

 
आफूले पत्रकारिता गरेर कमाएको एक महिनाको तलबबाट बुबाको सम्झनामा शैक्षिक सामग्री किनेर वितरण गरेको बताइन् ।

 
शैक्षिक सामग्री वितरण कार्यक्रम पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहल बहादुर कार्कीले जिल्लामा पत्रकारिताको सुरुवात राजकुमार केसीले गरेर समाज सेवामा पु¥याएको योगदानको चर्चा गर्दै चुनौतीपूर्ण मानिएको पत्रकारिता पेसालाई समेत बुबाको हत्या पछि छोरीले दृढताका साथ निरन्तरता दिएको भन्दै विद्यालयको तर्फबाट धन्यवाद दिएका थिए। 

अध्यक्ष कार्कीले द्वन्द्वकालमा सेना र तत्कालीन माओवादीले केसी जस्तै अन्य पत्रकार तथा समाजसेवीहरुको हत्या गरेपनि सरकारले उनीहरुको परिवारलाई उचित संरक्षण गर्न नसकेको र उमा जस्तै छोराछारी अरुको सहारामा शिक्षा आर्जन गर्नुपरेको तीतो यथार्थ सुनाउनुपर्दा दुःखद घटनाले अझै बढी  पीडा सम्झाउने उल्लेख गरे  ।

 
छोरी उमाले शिक्षा आर्जन गर्ने क्रममा विगतका समस्यालाई सम्झेर आफै अध्ययन गरेको विद्यालयका भाई बहिनीप्रति देखाएको सद्भाव तथा शैक्षिक सामग्री वितरण आफैमा ऎतिहासिक कार्य भन्दै प्रशंसा व्यक्त गरेका थिए  ।

 
स्व.पत्रकार केसीको सम्झनामा गतवर्षदेखि  छोरी उमाले गरेकोे यो अभियानप्रति स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कार्कीले आगामी दिनमा विद्यार्थीको मनोवल उच्च राख्न तथा विद्यालयलाई सुधार गर्दै लैजाने शिलसिलामा पनि यस्तै युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए  ।

 
जिल्लामा रहेर पहिलोपटक राजकुमार केसीले राससमा संवाददाताका रुपमा पत्रकरिताको सुरुवात गरेका थिए । पत्रकार के.सी सहित अन्य ५ जनालाई २०५९ साल कार्तिक ७ गते शाही  नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो । 

 
बुबाको हत्यापछि छोरी उमा लगायत ४ जना भाइहरुलाई  साँघु साप्ताहिकका सम्पादक/प्रकाशक तथा वरिष्ठ पत्रकार  गोपाल बुढाथोकीलगायतले माध्यामिक तहसम्मको पढाइमा सहयोग गरेका थिए ।
स्नातक तहको पत्रकारिता अध्ययनका लागि भने अन्तर्राष्ट्रिय पत्रकार महासंघ अष्ट्रेलियाले सहयोग गरेको थियो । हाल उनी  आफै काम गरेर कमाएको पैसाले समाजशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छिन । साथै उमा आस्था न्यूजमा पनि आवद्ध छिन्  ।