🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । 

मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाइदिने भनी विश्वास दिलाई प्रलोभनमा पारेर थापाले ठगी गरेको प्रहरीको दाबी छ । थापालाई बुधबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।