🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ज्वालामुखी विस्फोटले गाउँ नै उठिवास, ७ को मृत्यु, ३०० घाइते, १० लाख प्रभावित

काठमाडौं, २१ जेठ  ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमालाबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट ७ जनाको मृत्यु हुँदा तीन सय घाइते भएका छन् ।

ज्वालामुखीबाट निस्किएको खरानी टाढा टाढासम्म पुग्दा राजधानीको विमानस्थलसमेत बन्द भएको छ । ज्वालामुखीबाट करिब १० लाख मानिस प्रभावित भएको ग्वाटेमाला सरकारले जनाएको छ ।

ग्वाटेमालाका राष्ट्रपतिले राष्ट्रिय संकटकाल घोषणा गर्दै प्रभावितहरुलाई उद्दार गर्न निर्देशन दिएका छन् । उद्धारको प्रयास भइरहेको पनि सरकारले जनाएको छ ।